
विराटनगर । पश्चिमी वायुको सामान्य प्रभावका कारण नेपालका अधिकांश स्थानमा चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
कोशी प्रदेशकाे हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
मधेश प्रदेशकाे तराई क्षेत्रमा दिउँसाे माैसम सफा रहने सम्भावना रहेको छ । राति तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
बागमती प्रदेशको सबै क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । राति हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशमा दिउँसो पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । कर्णाली प्रदेशको हिमाली र पहाडी क्षेत्रको मौसम रहने सम्भावना छ । सुदूरपश्चिम प्रदेशको हिमाली पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।

























