
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटी बुझाएर छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थीत हुनेछन् ।
उनीविरुद्ध काठमाडौंमा पनि सहकारी ठगी सम्बन्धि मुद्दा छ । यो मुद्दामा आफै उपस्थित हुने सर्तमा बिहीबार प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको थियो ।
उनी आज (शुक्रबार) आफै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
अदालतको आदेशानुसार ६५ लाख धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए । लामिछानेसँगै छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङलाई धरौटीमा छाड्ने आदेश भएको थियो ।

























