पाख्रीबासमा पिकअप दुर्घटना, २ जनाको मृत्यु

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २६, शुक्रबार ११:२८

धनकुटा, २६ पुस । धनकुटाको पाख्रीबास–हिले सडक खण्डअन्तर्गत पाख्रीबास नगरपालिका–३ जौटारमा पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहीबार राति करिब ९ बजेतिर दुर्घटना भएको हो । ३ वटा सुँगुर लिएर पाख्रीबासबाट हिलेतर्फ जाँदै गरेको को १ ज २६३९ नम्बरको पिकअप सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परेर पिकअप चालक पाख्रीबास– ९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सहचालक सिरहाको लाहान नगरपालिका–५ का २४ वर्षीय प्रमोद मल्लिकको मृत्यु भएको हो । सहचालक मल्लिकको घटनास्थलमै र चालक तामाङको जिल्ला अस्पताल धनकुटा पुर्याउनसाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा चालक र सहचालकको मृत्यु भए पनि सुँगुर भने जीवितै रहेका छन् । दुवै शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.