झापामा भारतीय कारको ठक्करबाट भारतीय नागरिकको मृत्यु

Share this
624shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २७, शनिबार १४:३९

झापा । झापामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा शुक्रबार राति भारतीय नागरिकको मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको डब्लूबी ७४ एजी १२२५ नम्बरको कारले शुक्रबार राति ९ः३० बजेतिर मेचीनगर नगरपालिका–१५ मा ठक्कर दिँदा भारतको पश्चिम बंगालका २५ वर्षीय अप्पु राय र २० वर्षीय केशव मादक घाइते भएका थिए । घाइतेलाई उपचारका लागि धुलाबारीको आम्दा अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याउनसाथ अप्पुलाई चिकित्सकले मृत घोषित गरेका हुन् । केशवलाई थप उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार मृतक र घाइते दुवै जना भगवती प्लाई फ्याक्ट्रीमा कार्यरत मजदुर हुन् । प्रहरीले कार र चालक भारतको पश्चिम बंगाल बागडुग्राका अन्दाजी २३ वर्षीय रोशन खत्रीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.