सन्तुलित भूमिका निर्वाह गर्छु : प्रजिअ यादव

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २८, आइतबार १६:०९

विराटनगर । प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को जिम्मेवारी पाएर केही दिनअघि मात्रै मोरङ आएका नेपाल सरकारका सहसचिव इन्द्रदेव यादवले सबै पक्षसँग सन्तुलित भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘प्रजिअको भूमिका सन्तुलित हुनुपर्छ । म त्यसरी नै अघि बढ्छु,’ उनले भने, ‘संघीय सरकारको प्रतिनिधिका हिसाबले कानुनको दायराभन्दा बाहिर गएर काम गर्दिन । सबै पक्षको सल्लाह र सुझाव लिएर काम गर्छु ।’ यादव पुस २४ गते मोरङ हाजिर भएका हुन् ।

उनले आइतबार पत्रकारसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै विभिन्न विषयमा प्रतिबद्धता जनाएका छन् । ‘मोरङ भारतसँग सीमा जोडिएको जिल्ला हो । जनघनत्व पनि धेरै छ । राजनीतिक गतिविधि बढी हुन्छ । सुरक्षाका दृष्टिकोणले चुनौतीपूर्ण छ । त्यही भएकाले सबै पक्षलाई मिलाएर लैजानुपर्ने हुन्छ,’ प्रजिअ यादवले भने ।

जिल्लाका चुनौतीको विश्लेषण एवं पहिचान गर्दै सबै पक्षसँग समन्वय गरेर काम गर्न आफूले चाहेको उनले बताए । बढ्दो सुरक्षा चुनौतीको विश्लेषण गरेर त्यही हिसाबले सुरक्षा व्यवस्था मिलाइने उनको भनाइ छ ।

सीमादेखि विभिन्न खालका अपराध नियन्त्रण, विकास निर्माणमा आवश्यक समन्वय, सरकारी कार्यालयबाट चुस्त दुरुस्त सेवा प्रवाह तथा सबै पक्षलाई सहजीकरण गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको यादव बताउँछन् । उनले जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहलाई थप प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता पनि जनाए ।

प्रजिअ यादवले प्रत्येक महिना आफ्नो कार्यप्रगति विवरण सार्वजनिक गर्ने जानकारी पनि दिए । यादव यसअघि चितवनको प्रजिअ थिए । त्यसअघि सुनसरी, इलामलगायत विभिन्न जिल्लामा प्रजिअको भूमिका निर्वाह गरिसकेका छन् ।

‘मोरङ रणनीतिक जिल्ला पनि हो । यहाँ राज्यको ‘सिस्टम’को ‘डेलिभरी’ राम्रोसँग गर्छु । कानुनको दायराभन्दा बाहिर जान्न । सेवा प्रवाहको मासिक प्रगति विवरण सार्वजनिक गर्छु । सम्भव भएसम्म ‘डेडिकेटेड’ तरिकाले काम गर्न चाहन्छु । सबैसँग सन्तुलित भूमिकामा हुन्छु,’ उनले भने ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.