कर्मचारी युनियन मोरङको अध्यक्षमा परशुराम

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुष २८, आइतबार २१:५०

विराटनगर । नेपाल निजामती कर्मचारी युनियन मोरङको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा परशुराम मण्डल निर्वाचित भएका छन् ।

युनियनको अधिवेशन विराटनगरमा शनिबार सम्पन्न भएको हो । निर्वाचनमा २ सय १५ मत मत ल्याएर मण्डल अध्यक्षमा विजयी भए । उनका प्रतिस्पर्धी कृष्णप्रसाद भट्टराईले १ सय ५५ मत मात्रै पाए ।

Advertisement

खुला उपाध्यक्षमा सुमनकुमार निरौला २ सय ४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी बद्री बस्नेत १ सय ४४ मतमा सीमित भए । महिला उपाध्यक्षमा कल्पना घिसिङ र समावेशी उपाध्यक्षमा रेमन्तकुमार दास निर्विरोध निर्वाचित भएका छन् ।

सचिवमा डिल्लीराज बस्नेत निर्वाचित भए । उनले १ सय ९९ मत पाउँदा प्रतिस्पर्धी अजय साहले १ सय ५५ मत मात्रै ल्याए । सहसचिव युवामा राजु काफ्ले र कोषाध्यक्षमा कविराज फुयाँल निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा प्रदीपकुमार यादव, चूडामणि घिमिरे, सन्तोष श्रेष्ठ, लेखनाथ भट्टराई, निश्चलता कार्की, विमलादेवी कोइराला, देवकुमार गाइम र नरेशकुमार साह चयन भएका छन् । अध्यक्ष, खुला उपाध्यक्ष र सचिव पदका लागि चुनाव भएको थियो । अरु निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै, कर्मचारी युनियनमा केदार घिमिरे, पोषराज आचार्य, ऋषिराज दाहाल, रिपुमर्दन डोटेल, यादवकुमार श्रेष्ठ र कौशिला दाहाल केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा वीरबहादुर खड्का, टंकनाथ देवकोटा, दीपक खनाल, सुरज कोइराला, सुनन्द केशरी पोखरेल र हरिप्रिया खतिवडा प्रदेश अधिवेशन प्रतिनिधि भएका छन् ।

यसैबीच, विभागीय समितिको अध्यक्षमा पर्शुराम कोइराला, उपाध्यक्षमा राजेश तामाङ, समावेशी उपाध्यक्षमा वसन्तकुमार साह, सचिवमा हरिप्रसाद दाहाल र सदस्यमा तीर्थराज बुढाथोकी चयन भएका छन् । महिला उपाध्यक्ष, सहसचिव युवा, कोषाध्यक्ष, खुला सदस्य ४, श्रेणीविहीन सदस्य २, महिला सदस्य २ र समावेशी सदस्य २ पदमा उम्मेदवारी नै परेन ।

त्यस्तै, प्रदेश केन्द्रीय महाधिवेशन प्रतिनिधिमा तोयानाथ तिम्सिना र पुरुषोत्तम जोशी तथा प्रदेश अधिवेशन प्रतिनिधिमा दीपक रिजाल र सुरेन्द्रप्रसाद यादव चयन भएका छन् ।

 

 

clockप्रकाशित मिति:  २०८१ पुष २८, आइतबार २१:५०
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.