रवि लामिछानेको थुनछेक बहस सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुष २९, सोमबार ११:३४

काठमाडौं ।स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । आइतबार उनको बयान भएको थियो ।

काठमाडौं जिल्ला अदालतमा आज बिहानदेखि थुनछेक बहस सुरु भएको हो ।

Advertisement

रास्वपा अनुशासन आयोगका पूर्वप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार छुनछेक बहसपछि आजै आदेश आउने सम्भावना छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । इतबार थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा राखिएको थियो ।

clockप्रकाशित मिति:  २०८१ पुष २९, सोमबार ११:३४
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.