सरकारले गठन गर्यो ७० जिल्लामा भूमि आयोग (अध्यक्षको नामावलीसहित)

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २९, सोमबार १५:३६

काठमाडौं। सुकुम्वासी समस्या समाधानका लागि भनेर सरकारले ७ वटा प्रदेशका विभिन्न ७० जिल्लामा भूमि आयोग गठन गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विभिन्न जिल्लामा अध्यक्ष नियुक्त गरेका हुन् । आयोगको अध्यक्षमा सत्तारुढ दलले भागबण्डा गरेका छन् । स्रोतका अनुसार तत्काललाई सुकुम्वासी समस्या धेरै भएका जिल्लामा आयोग गठन गरिएको हो ।

नवनियुक्त अध्यक्षको शपथको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । विभिन्न प्रदेशमध्ये कोशीका १३, मधेशका ६, बाग्मतीका १३ वटै, गण्डकीका १०, लुम्बिनीका १२ वटै, कर्णालीका ९ र सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा आयोग गठन गरिएको हो ।

७७ जिल्लामध्ये अब ७ वटा जिल्लामा आयोग गठन र अध्यक्ष नियुक्त गर्न बाँकी छ । कोशीको तेह्रथुम, मधेसको सप्तरी र रौतहट, गण्डकीको स्याङ्जा, कर्णालीको जुम्ला तथा सुदूरपश्चिमको बझाङ र कञ्चनपुर जिल्लामा भूमि आयोग गठन गर्न बाँकी रहेको हो ।

आयोगको अध्यक्षमा सत्तारुढ कांग्रेसले ३५, एमालेले ३५, जनता समाजवादी पार्टीले ४ र लोकतान्त्रिक समाजवादी पार्टीले ३ जिल्लाको अध्यक्ष पाउने सहमति भएको स्रोतले बतायो । कतिपयले भने दलीय भागबण्डाका आधारमा अध्यक्ष नियुक्त गरिएको भन्दै आयोगले सुकुम्वासी समस्या समाधानतर्फ ध्यान दिनेमा आशंका व्यक्त गरेका छन् ।

यी हुन् ७० जिल्लाका अध्यक्षहरु

 

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.