
विराटनगर । हाइड्रोपावर निर्माणका लागि ‘ब्लाष्टिङ’ गर्ने क्रममा मंगलबार ३ जना मजदुर घाइते भएका छन् । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ मा मकालु एपेक्स हाइड्रोपावर निर्माणाधीन छ ।
उक्त हाइड्रोमा ‘ब्लास्टिङ’ गर्ने क्रममा नवलपरासी बर्दाघाटका राजेन्द्र विक, रुकुम आठबिसकोटका हरिसचन्द्र बोहरा र नरबहादुर मगर घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटना अन्दाजी बिहान ९ बजेतिरको हो ।
घाइतेहरुको बुङ अस्पताल र छेस्काम स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो। त्यसलगत्तै हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ ।
काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा घाइते भएको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान अघि बढाइएको छ ।

























