
काठमाडौं । आज पनि देशभर मौसममा आंशिक बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण आंशिक बदली रहनेछ । आज तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तराईको भू–भागमा भने मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

























