
झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित धरमपुरमा बुधबार बिहान बस पल्टिएको छ । बस दुर्घटनामा परेर ११ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट धरानतर्फ जाँदै नागरिक यातायातको मे १ च २५४५ नम्बरको यात्रुवाहक बस बिहान् ५ः४५ बजेतिर पल्टिएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल भर्ना गरिएको छ ।
केही घाइतेलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । बसका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

























