
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–२ मा बुधबार बिहानका राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रदेश १–०२–०४५ प ९३५७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक विराटनगर महानगरपालिका–४ का २१ वर्षीय श्याम गडेरीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार गम्भीर घाइते भएका गडेरीलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ बिहान १ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























