
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
मन्त्रिपरिषद्ले यसअघि नै ५ वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । तर, ४ वटा अध्यादेश जारी गरेर एउटा भने पौडेलले रोकेका थिए ।
मन्त्रिपरिषद्को सिफारिसकै आधारमा राष्ट्रपति पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् । योसँगै सरकारले सिफारिस गरेका सबै अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेका छन् ।

























