मोरङमा २ जना मृत फेला

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ६, आइतबार ११:०६

विराटनगर । मोरङका अलगअलग स्थानमा आइतबार बिहान २ जना पुरुष मृत फेला परेका छन् ।

केराबारी गाउँपालिका–९ स्थित धरधरे सामुदायिक वनको भिरमा १ जना वृद्ध पुरुषको शव फेला परेको छ । केराबारी–८ का ६७ वर्षीय पर्शुराम न्यौपानेको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार न्यौपाने गाई बाँध्ने घोचा काट्न भनेर शनिबार अपरान्ह ४ बजेतिर घरबाट निस्किएको खुलेको छ । घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए । खोजतलास गर्ने क्रममा भिरबाट करिब २० मिटर तल खसेको अवस्थामा आइतबार बिहान मृत फेला पारेर स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । गाईलाई घोचा काट्ने क्रममा भिरबाट लडेर न्यौपानको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

त्यस्तै, बेलबारी नगरपालिका–८ गिरीगाउँमा १ जना पुरुष सुतेकै ठाउँमा मृत फेला परेका छन् । भक्तबहादुर ओझाको घरमा काम गरेर बस्ने मोरङको मंगलबारे घर बताउने अन्दाजी ५६ वर्षीय डम्का राजवंशी आइतबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।

राजवंशी कटेरोमा सुतेका थिए । नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा देखेर प्रहरीलाई खबर गरिएको स्थानीय बताउँछन् ।

चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि, घटनाको अनुसन्धान सुरु गरिएको र अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.