
जनकपुरधाम । सवारी दुर्घटनामा परेर मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते भएका छन् ।
मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडीलाई खानेपानी डिभिजन पर्साको मधेश प्र ०३–००१ झ ००९६ गाडीले गाडीले जनकपुरधामको रामानन्द चोकमा सोमबार बेलुका ठक्कर दिएको थियो । धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार पिरारी चोकबाट रामानन्द चोकमा रहेको निवासतर्फ जाँदै गरेका बेला मन्त्रीको गाडीलाई अर्को गाडीले गाडीले ठक्कर दिएको हो ।
दुर्घटनामा मन्त्री सिंहसँगै दुवै गाडीका चालक घाइते भएका छन् । अवस्था सामान्य रहेको छ । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

























