काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध मुद्दा दर्ता भएको छ । अदालतको अवहेलना गरेको आरोपमा उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको हो ।
टेलिभिजन अन्तर्वार्तामा अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको आरोप त्रिपाठीलाई लागेको छ । उनलाई अदालतको अवहेलनामा हदैसम्म कारबाही हुनुपर्ने माग राख्दै उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भइ काठमाडौं महानगरपालिका–३१ बस्ने दिलबहादुर राईले सर्वोच्चमा निवेदन दिएका हुन् ।
निवेदनमाथि आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने बताइएको छ । वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वसाधारणमा न्यायपालिकाप्रति नै भ्रम र अनास्था फैलाउने गतिविधि गरेको भन्दै न्यायाधीश समाज नेपालले खेद व्यक्त गरिसकेको छ ।
यस्तो छ अवहेलनाको निवेदन