ताप्लेजुङमा पहिचान पक्षधर र प्रहरीबीच झडप

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १२, शनिबार १७:५८
फाइल फोटो

विराटनगर । ताप्लेजुङमा प्रहरी र केबलकारको विरोधमा उत्रिएको समूहबीच शनिबार दिउँसो झडप भएको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ काफ्ले पार्टीभन्दा केहीमाथि प्रहरी र केबलकारको विरोधमा रहेको पहिचान पक्षधरबीच झडप भएको हो । दुई पक्षको झडपका कारण पाथीभरा माताको दर्शनका लागि पुगेका यात्रु केही समय बाटोमै रोकिएका थिए ।

पाथीभरा केबलकारको निर्माणको काम मंगलबारबाट सुरु भएको थियो । केबलकार निर्माणको विरोधमा रहेको समूहले निर्माणलाई अवरोध गर्ने तयारी गरेको थियो । शनिबार दिउँसो पुगेको प्रहरीले आन्दोलनको तयारी सामग्री खोसेपछि झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रवि रावलका अनुसार नेपाल प्रहरीले ५ र सशस्त्र प्रहरीले ७ राउण्ड अश्रुग्यास प्रहार गरेको हो । पहिचान पक्षधरले डाँडामा बसेर ढुंगामुडा गरेपछि प्रहरीले बल प्रयोग गरेको उनले बताए ।

आन्दोलनरत पक्षले आन्दोलनका लागि ल्याएको खुकरी र गुलेली पनि प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । आन्दोलनरत पक्षलाई तितरबितर पारेर अवस्था सामान्य बनाइएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.