पाथीभरा क्षेत्रमा प्रहरीले गोली चलायो, दुई जना घाइते

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १२, शनिबार २२:१२

विराटनगर । प्रहरीले ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको समूहमाथि गोली प्रहार गरेको छ । ‘नो केबलकार समूह’सँगको झडपका क्रममा प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार पाथीभरा क्षेत्रको बलुडाँडा आसपास सुरक्षाकर्मी र केबलकार विरोधी पक्षबीच झडप हुँदा शनिबार साँझ करिब ६ बजेतिर गोली चलेको हो ।

‘उनीहरुमाथि थिए, माथिबाट गुलेली र ढुंगा प्रहार भएपछि सुरक्षाकर्मीबाट फायरिङ भएको हो,’ उनले भने,‘ दुई जना घाइते छन् ।’ ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माणका लागि निर्माण कम्पनीले मंगलबारबाट काम सुरु गरेको थियो ।

पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार आन्दोलन’ गरिरहेको छ । आइतबारबाट थप आन्दोलन गर्ने तयारी गरेको थियो ।

आन्दोलनका लागि भन्दै पहिचान पक्षधरहरु बलुडाँडामा भेला भएका थिए । प्रहरी पुगेपछि आन्दोलनरत पक्षले गुलेली र ढुंगा प्रहार गरेको र त्यसपछि प्रहरीले गोली चलाएको प्रजिअ शर्माले बताए । झडपमा केही सुरक्षाकर्मी पनि घाइते भएको बताइएको छ ।

शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेर गोली प्रहार गरेको किराँत याक्थुम चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले बताइन् । उनका अनुसार आइतबारबाट थप आन्दोलन गर्ने तयारी छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.