कर्मचारी संगठन मोरङको अध्यक्षमा शालिगराम कोइराला

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १३, आइतबार ११:२५

विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङको अध्यक्षमा शालिगराम कोइराला सर्वसम्मत निर्वाचित भएका छन् ।

विराटनगरमा शनिबार सम्पन्न भएको १३ औं अधिवेशनबाट अध्यक्ष बनेका कोइराला यसअघि कार्यवाहक अध्यक्ष थिए । समितिको उपाध्यक्षमा नरहरि निरौला , महिला उपाध्यक्षमा सुनिता निरौला, सचिवमा सुरेशकुमार ढुंगेल, सह–सचिवमा ममता कोइराला ,कोषाध्यक्षमा पुरुषोतम पौडेल, सदस्यहरुमा अनिल दाहाल, विप्लव चौलागाईं, रेवतीराम रोक्का, वविता राई, शिवशंकर मेहता, हरि सुवेदी, प्राणनाथ दाहाल, मनोज ढकाल, खुमा अधिकारी, चन्द्रकला सापकोटा, सुनिता पौडेल, अनिल गिरी, कृष्णप्रसाद भट्टराई निर्वाचित भएका छन् ।

त्यस्तै, लेखा आयोग संयोजकमा चन्द्रमणि लुइँटेल, सदस्यहरुमा तीर्थ गुरागाईं र श्याम तिम्सिना चयन भएका छन् । केन्द्रीय प्रतिनिधिमा रमेश खतिवडा, मोहनलाल मेहता, यामनाथ बराल, राजु पोखरेल, मुना दाहाल र रोहित पौडेल तथा प्रदेश प्रतिनिधिमा हरिप्रसाद सुवेदी, जानकीप्रसाद अधिकारी, शरणकुमार गजमेर, सुधीरा न्यौपाने, नन्दकिशोर काफ्ले, पशुपति घिमिरे, चुडामणि रिजाल, भानु गुरागाईं, लुकनाथ पोखरेल, हेमसागर पोखरेल, जयप्रसाद काफ्ले चुनिएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपमहासचिव रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा नेपाल निजामती कर्मचारी संगठनका निवर्तमान महासचिव जीवन काफ्ले, नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष बाबुराम कार्कीलगायत विशिष्ट अतिथि थिए । नयाँ कार्यसमितिको अवधि ३ वर्षको हुनेछ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.