
विराटनगर । ताप्लेजुङको पाथिभरा क्षेत्रमा प्रहरी र केबलकार विराेधी पक्षबीचकाे झडपमा घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडाैं लैजाने तयारी भएकाे छ ।
शनिबार बेलुका दुई पक्षबीचकाे झडपमा प्रहरीले चलाएकाे गाेली लागेर यामबहादुर लिम्बू, सगुन लावती गम्भीर घाइते छन् । झडपका क्रममा भिरबाट लडेका धर्म पालुङ्वाकाे अवस्था पनि गम्भीर छ । सगुन लावतीकाे छातीमा र यामबहादुरकाे तिघ्रामा गाेली लागेकाे छ । पालुङ्वाकाे कुम (व्युटी बाेन) भाच्चिएकाे छ ।
उनीहरुकाे जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि शनिबार राति नै विराटनगरकाे नाेबेल मेडिकल कलेजमा ल्याइएकाे थियाे ।
अस्पतालले थप उपचारका लागि रेफर गरेपछि काठमाडाैं लैजाने तयारी भएकाे माेरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
व्यवसायी चन्द्र ढकालकाे समूहले मंगलबारबाट पाथिभरामा केबलकार निर्माण सुरु गरेकाे थियाे । केबलकार निर्माण हुँदा पहिचान मेटिने भन्दै आन्दाेलन सुरु गरेकाे ‘नो केबलकार समूह’ले आज आइतबारबाट थप आन्दोलन गर्ने तयारी गरेको थियो ।
आन्दोलनकारीलाई तितरबितर पार्न शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएकाे थियाे ।
शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुडा गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो । झडप हुँदा ५ जना प्रदर्शनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

























