भारतबाट उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १३, आइतबार १३:४६

विराटनगर । भारतबाट उद्धार गरेर विराटनगर ल्याइएका ५ जना बालबालिकालाई आइतबार अभिभावकको जिम्मा लगाइएको छ ।

उनीहरुलाई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको राज्यमन्त्री सृजना राईको रोहबरमा विराटनगर महानगरपालिकाका बालकल्याण अधिकारीमार्फत परिवारसँग पुर्नमिलन गराइएको हो । विराटनगरबाट विभिन्न समयमा हराएका २ जना बालक र ३ जना बालिकालाई उद्धार गरेर शनिबार विराटनगर ल्याइएको थियो ।

तीमध्ये २ जना १ वर्षअघि र ३ जना गत कात्तिकदेखि बेपत्ता भएका थिए । उनीहरु ७ देखि १७ वर्षसम्मका छन् ।

भारतको किन इन्डिया नामक संस्था र नेपालको शुभअवसर ग्रामको समन्वयमा उनीहरुलाई राष्ट्रिय बालअधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशले उद्धार गरेर विराटनगर ल्याएको हो । केन्द्रका प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले बालबालिकालाई अभिभावकसँग पुर्नमिलन गराइएको जानकारी दिए ।

उनका अनुसार भारतमा भेटिएका बालबालिकालाई प्रक्रिया पूरा गरेर ल्याएपछि अभिभावको जिम्मा लगाइएको हो । ‘बालबालिका हराएको सूचना आएसँगै लामो समयदेखि खोजतलास भइरहेको थियो । भारतमा फेला परेको जानकारी आयो । आवश्यक समन्वय गरेर प्रक्रिया पूरा गरी नेपाल ल्याइयो । अभिभावकको जिम्मा पनि लगाइसकेका छौं,’ उनले भने ।

अधिकारीका अनुसार पाँचै जना बालबालिकालाई भारतको बलकल्याण समितिले उद्धार गरेर कटिहारस्थित बालकल्याण गृहमा राखेको थियो । राष्ट्रिय बालअधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रको टोली कटिहार पुगेर उनीहरुलाई उद्धार गरी नेपाल ल्याएको हो ।

उद्धार गरिएका बालबालिकाहरु मुस्लिम र मधेशी समुदायका हुन् । विराटनगरबाट भारतको कटिहार १ सय २४ किलोमिटर टाढा पर्छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.