मलेसियाबाट निष्काशनमा परे १६ नेपाली

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १४, सोमबार १३:१६

काठमाडौं । मेलिसयाले १६ जना नेपाली कामदारलाई निष्काशन गरेको छ । गैरकानुनी रूपमा बसिरहेका नेपाली निष्काशनमा परेका हुन् ।

उनीहरुलाई ‘डिपोर्ट’ गरेर नेपाल पठाइएको छ । निष्काशनमा पर्नेहरुमा प्रकाश लिम्बू, रामबहादुर सुनुवार, राजेश शाह, अमितकुमार राम, अर्बिनकुमार यादव, करणकुमार मोची, प्रदीप चोख्याल, डम्बरबहादुर बोहरा, रामदास केवत, सुरजदेव साह तेली, दीपेन्द्र सुब्बा, भीमबहादुर तामाङ, गणेश परियार, मक्का लामा, चित्रबहादुर खत्री र राजनकुमार शाही रहेका छन् ।

उनीहरु विभिन्न मेनपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए । मलेसियाको अध्यागमन कानुन उल्लंघन गरेको भन्दै उनीलाई त्यहाँको सरकारले पक्राउ गरेर निष्काशन गरेको हो । निष्काशनमा परेपछि मालिन्दो एयरलाइन्स र बाटिका एयरको जहाजबाट उनीहरु एक साताअघि काठमाडौं आइपुगेका थिए ।

उनीहरुले मलेसियामा बसेर कम्पनी फेर्ने, श्रम सम्झौताविपरीतको काममा संलग्न हुने, भिसाको समय सकिए पनि काम गरेर बस्ने गरेको पाइएको छ । पछिल्लो समय मलेसियाले अवैध रूपमा बसेका कामदारहरूमाथि कडाइ गरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.