
काठमाडौं । ताप्लेजुङको पाथिभरा मन्दीर क्षेत्रको बलुडाँडामा भएको घटनाबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदलाई बोलाएका छन् ।
ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको काम रोक्न पहिचान पक्षधरले माग गर्दै आएका छन् ।
‘नो केबलकार’ अभियान सञ्चालन गरिरहेकाे पहिचान पक्षधर र प्रहरीबीच साेमबार झडप हुँदा तीन जना गम्भीर घाइते भएका थिए ।
तीन मध्ये दुई जनालाई प्रहरीले चलाएको गोली लागेको छ । घटनामा २१ जना प्रहरी पनि घाइते भएका थिए ।
प्रहरीले दमन गरेको भन्दै विरोधमा उत्रिएकाहरुले आजदेखि मेची राजमार्ग, तमोर करिडोर बन्द आह्वान गरेका छन् ।
मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत संस्थाका प्रतिनिधिहरुले माघ १५ गतेदेखि अनिश्चितकालीन बन्द आह्वान गरेको हाे ।
पहिचान पक्षधरले केबलकार राेक्न माग गर्दै सुरु गरेकाे आन्दाेलन पेचिलाे बनेपछि घटनाकाे विषयमा छलफल गर्दा गृहमन्त्रीले सांसदहरुलाई बाेलाएका हुन् ।

























