शिवसताक्षीमा पिकअपसँग ठोक्किएर स्कुटर चालकको मृत्यु

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १५, मंगलबार १७:३३
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–११ झरना पुलनजिक मंगलबार दिउँसो पिकअप गाडी र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।

बिर्तामोडबाट दमकतर्फ आउँदै गरेको प्र १–०२–००२ च ६४५४ नम्बरको पिकअप र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–०१२ प ३३७१ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो । दिउँसो २ः३० बजेतिर दुर्घटना हुँदा स्कुटर चालक शिवसताक्षी–९ का १९ वर्षीय सुजल अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले ३ः३० बजेतिर मृत घोषित गरेका हुन् । पिकअप चालक तेह्रथुमको म्याङलुङ नगरपालिका–४ का ३६ वर्षीय अर्जुन शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सवारीसाधनको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

 

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.