दमकमा ‘एसियन हाइवे’का कामदारको करेन्ट लागेर मृत्यु

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १६, बुधबार २१:३२

विराटनगर । झापाको दमक नगरपालिका–४ ताराबारीमा करेन्ट लागेर एक जना मजदुरको बुधबार मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग (एसियन हाईवे)का कामदार रौतहटको चन्द्रनिगाहापुर–१० घर भएका अन्दाजी २० वर्षीय सञ्जय महताको मृत्यु भएको प्रहरीले जनाएको छ । महतोलाई निर्माणाधीन ‘एसियन हाइवे’मा काम गर्ने क्रममा दिउँसो ३ः१० बजेतिर करेन्ट लागेको थियो ।

निर्माण कम्पनी जेबी टुण्डीको जेसीबीको बटेकमा चढेर केवलको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुरुमा उनी जेसीबीको बकेटबाट खसेर घाइते भएको भनिएको थियो ।

गम्भीर घाइते भएका महतोलाई तत्काल उपचारका लागि मोरङको उर्लाबारीस्थित अरनिको अस्पताल लगियो । उपचारका क्रममा उनलाई करेन्ट लागेको खुल्यो । थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो ।

नोबेलमा उपचारका क्रममा महतोलाई चिकित्सकले दिउँसो ४ः३६ बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीले जेसीबी चालक उर्लाबारी नगरपालिका–६ का ५६ वर्षीय शिवकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

श्रेष्ठसँग जेसीबी चलाउनलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ । प्रहरीका अनुसार लापरबाहीपूर्ण तरिकाले काम गर्दा घटना भएको हो ।

 

 

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.