केबलकार निर्माण विवादमा हड्ताल, यातायात व्यवसायीद्वारा विरोध

Share this
636shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १७, बिहीबार १२:५७

विराटनगर । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण विवादलाई लिएर गरिएको हड्तालको यातायात व्यसवायीले विरोध जनाएका छन् ।

केबलकार निर्माणको विरोधमा उत्रिएको समूह र सुरक्षाकर्मीबीच गत शनिबार झडप हुँदा २६ जना घाइते भएका थिए । ५ जना अन्दोलनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएका हुन् । घाइते हुनेमध्ये २ जनालाई प्रहरीको गोली लागेको थियो ।

उक्त घटनाको विरोधमा केबलकार विरोधी समूहले मेची राजमार्गअन्तर्ग ताप्लेजुङ सडक खण्ड बन्द गराएको छ । बन्दका कारण जनतजीवन अस्तव्यस्त बनेको छ । माग पूरा नभएको बहानामा यातायात बन्द गरिँदा सर्वसाधारणले ठूलो कष्ट बेहोर्नु परिरहेको छ ।

समस्यामा परेका सर्वसाधारणले भनेका बेला सवारीसाधन चढेर गन्तव्यसम्म पुग्न पाएका छैनन् । सर्वसाधारण मारमा पर्ने गरी गरिएको बन्द र हड्तालको चौतर्फी विरोध भइरहेको छ । आन्दोलनका नाममा बन्द र हड्ताल गर्न नहुने आवाज उठिरहेको छ ।

माग पूरा नहुँदा सवारीसाधनसमेत चल्न नदिएको भन्दै यातायात व्यवसायीले विरोध जनाएका छन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ इलामले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित भएको उल्लेख गरेको छ ।

व्यवसायीहरुले २ सय ६० प्रतिशतसम्म भन्सार शुल्क बुझाएर चर्को मूल्यमा ऋण लिई ल्याइएको सवारीसाधन बन्द हुँदा यातायात व्यवसायी ब्याज र किस्ता तिर्न नसक्ने अवस्थामा पुग्ने भन्दै ध्यानाकर्षण गराएका छन् । मजदुर र परिवारको जीवनयापनमा समस्या भएको भन्दै वार्ता र संवादबाट समस्या समाधान गरी तत्काल यातायात बन्द खुला गर्नुपर्ने माग व्यवसायीले राखेका छन् ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.