पदक विजेता एथलेटिक्स टोलीको स्वागत

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १८, शुक्रबार १९:३८

काठमाडौं । बङ्गलादेशको ढाकामा भएको छैटौँ अन्तर्राष्ट्रिय बिकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोलीलाई शुक्रबार स्वागत गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुवर्ण श्रेष्ठ र जनकसिंह धामी, एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीलगायतले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेको थियो ।

पुरुषमा शैलेश श्रेष्ठ, पुकारजंग बस्नेत, मनिष लम्साल र सन्तबहादुर दराईं तथा महिलामा निशा घर्ती र अस्मिता भुजेलले प्रतिस्पर्धा गरेका थिए । मनिष बाहेक सबैले पदक जिते । अफिसियलमा सुन्दरकेशर कार्की छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.