प्याब्सन स्पोर्ट्स मिट सुरु

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १८, शुक्रबार २०:०९

विराटनगर । विराटनगरमा १४ औं ‘प्याब्सन स्पोर्ट्स शुक्रबार (आज) देखि सुरु भएको छ । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा सुरु भएको ‘प्याब्सन स्पोर्ट्स मीट’ को उद्‌घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गरे । 

पहिलो दिन भएको लङजम्प छात्रतर्फ बालप्रतिभा सेकेन्डरी स्कुलका आकाश राईले स्वर्ण, जनक मेमोरियल स्कुलका जोसेफ चौधरीले रजत र पूर्वाञ्चल एकेडेमीका मनिष चौधरी कास्य पदक जिते ।

छात्रातर्फ मदर टेरेसाकी पूजा यादवले स्वर्ण, बिकेभिम स्कुलकी स्मृतिकुमारी यादवले रजत र बालप्रतिभा स्कुलकी एन्जेलिया बिष्टले कास्य पदक जिते । 

प्रतियोगिताअन्तर्गत फुटबलतर्फ हरैँचा मोडल, सिंहदेवी, बाल्मिकी र सिद्धार्थ स्कुल विजयी भए ।  

पहिलो खेलमा हरैँचा मोडलले मिनील्याण्ड स्कुललाई ३–० गोल पराजित गरेको  छ । दोस्रो खेलमा सिंहदेवी स्कुलले सिद्धार्थ स्कुलाई २–१ गोलले हरायो । तेस्रो खेलमा बाल्मिकी स्कुलले ब्राइटफ्यूचर स्कुललाई १–० गोलमा पराजित गरेको छ । 

त्यस्तै, चौथो खेलमा सुनगाभा स्कुलले सिंहदेवी स्कुललाई ५–४ गोल फरकमा हरायो । पाँचौँ खेलमा भूपू सैनिक स्कुललाई सिद्धार्थ स्कुलले टाइब्रेकरमा ५–३ गोलले हरायो ।  

माघ २० गतेसम्म हुने प्रतियोगितामा २५ भन्दा बढी विद्याका खेलहरू समावेश गरिएको छ । मोरङ प्याब्सनमा आवद्ध ३ हजार बढी विद्यार्थीहरूले भाग लिएको प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले जानकारी दिए । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.