प्याब्सन स्पोर्ट्स मिटः पूर्वाञ्चल एकेडेमीको अग्रता 

Share this
621shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १९, शनिबार १९:४५

विराटनगर । विराटनगरमा जारी १४ औं प्याब्सन स्पोर्ट्स मिटमा सुन्दरहरैँचा–६ दुलारीको पूर्वाञ्चल एकेडेमीले अग्रता लिएको छ । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको प्रतियोगिताको दोस्रो दिन शनिबारसम्म २ स्वर्ण, २ रजत र २ कास्य पदकसहित १६ अंकको साथ पूर्वाञ्चल शीर्ष स्थानमा छ ।  

विराटनगरको ग्यालेक्सी स्कुलले २ स्वर्णसहित १० अंकको साथ दोस्रो स्थानमा रहेको छ भने ग्रामथानको शारदा स्कुल १ स्वर्ण, १ रजत र २ कास्य पदकसहित ९ अंकको साथ तृतीय स्थानमा छ । 

प्रतियोगिताअन्तर्गत ८ सय मिटर छात्रातर्फ पथरीको एभरेष्ट स्कुलकी युनिसा बुढाथोकी प्रथम, सुन्दरहरैँचाको सिद्धार्थ स्कुलकी नियोङसा राई द्वितीय र ग्रामथानको शारदा स्कुलकी सुस्मिताकुमारी चौधरी तृतीय भइन् ।  

सोही विधाको छात्रतर्फ विराटनगरको ग्यालेक्सी स्कुलका निरज चौधरी प्रथम, सगरमाथा स्कुलका नवीन महतो द्वितीय र अरनिको स्कुलका साजन यादव तृतीय भए ।  

त्यस्तै, लङजम छात्रातर्फ मदरटेरेसा स्कुलकी पूजा यादव प्रथम, बिकेभिएम स्कुलकी स्मृतिकुमारी यादव द्वितीय र बालप्रतिभा स्कुलकी एन्जिला बिष्ट तृतीय भइन् ।

सोही विधाको छात्रतर्फ बालप्रतिका स्कुलका आशक राई प्रथम, जनक मेमोरियल स्कुलका जोसेस चौधरी द्वितीय र पूर्वाञ्चलका मनिष चौधरी तृतीय भए ।  

भलिबलतर्फ मोरङ पब्लिक स्कुल र ब्राइटफ्यूचर स्कुल फाइनलमा पुगेका छन् । फुटबलतर्फ बाल्मिकी र हरैँचा मोडल स्कुल फाइनलमा पुगका छन् ।  टेबलटेनिसमा बुढानीलकण्ठ र एभरेष्ट स्कुल फाइनलमा प्रवेश गरे । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.