दामोदर खड्का न्याय परिषद् सदस्य नियुक्त

Share this
802shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २१, सोमबार २०:०५

काठमाडौं । वरिष्ठ अधिवक्ता दामोदर खड्का न्याय परिषद्को सदस्यमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नियुक्त गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै खड्कालाई नियुक्त गरिएको जानकारी दिएको छ । खड्का काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–४ का बासिन्दा हुन् ।

नेपाल बार एसोसिएसनले उनलाई न्याय परिषद्को सदस्यमा नियुक्त गर्न सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिबाट उनको नाम आइतबार सर्वसम्मत अनुमोदन भएको थियो ।

खड्कालाई नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ० बमोजिम न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.