महिला त्रिकोणात्मक टी २०ः नेपाल थाइल्याण्डसँग पराजित 

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलबार १६:२३

काठमाडौं । महिला त्रिकोणात्मक टी २० आई सिरिजको मंगलबार (आज) भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको छ । नेपाल लगातार चोथौ खेलमा पराजित भएको हो । 

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६ रनको चुनौती नेपालसामु प्रस्तुत गर्यो ।

चानिदा सुत्थीरुआंगले २७ रन, नान्नापत खोन्चरोएन्कले १९ रन र अफिसारा सुवान्चोनरथीले १७ रन,  नाट्टाया बुचाथमले १२ रन, थिपचा पुत्थावोंग २५ रन बनाए । नेपालका लागि मनिषा उपाध्यायले ३, पूजा महतो र रचना चौधरीले समान १–१ विकेट लिए । 

१ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १ रनमै समेटियो । रुबिना क्षेत्रीले २६ रन, कविता जोशी २४ रन र रोमा थापा रनमा १९ नट बनाइन् ।

थाइल्याण्डका लागि थिपचा पुत्थावोंगले ४ तथा फतिन्ना मायाले २ विकेट लिइन् ।

हारसँगै नेपालको उपाधि जित्ने सम्भावना समाप्त भएको छ । अपराजित रहेको थाइल्याण्डको भने उपाधि जित्ने सम्भावना बलियो छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.