झापामा प्रहरीले गोली चलायो, एक जना घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलवार १८:५८

विराटनगर । प्रहरीले झापामा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि गोली चलाएको छ ।

लागूऔषध कारोबारीलाई पछ्याउने क्रममा झापाको कनकाई नगरपालिकास्थित तुलसीबारीमा ६ राउण्ड गोली चलाएको हो । घटनास्थल भारतसँगकाे सीमा क्षेत्र नजिकै पर्छ ।

Advertisement

प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते भएका छन् । उनको बायाँ खुट्टामा गोली लागेको छ । प्रहरीले उनका भाइ युसुफ आलमलाई पनि पक्राउ गरेको छ ।

उनीहरुको साथबाट ३२ ग्राम ब्राउन सुगर पनि बरामद भएको प्रहरीले बताएको छ ।

clockप्रकाशित मिति:  २०८१ माघ २२, मंगलवार १८:५८
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.