झापामा प्रहरीले गोली चलायो, एक जना घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलबार १८:५८

विराटनगर । प्रहरीले झापामा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि गोली चलाएको छ ।

लागूऔषध कारोबारीलाई पछ्याउने क्रममा झापाको कनकाई नगरपालिकास्थित तुलसीबारीमा ६ राउण्ड गोली चलाएको हो । घटनास्थल भारतसँगकाे सीमा क्षेत्र नजिकै पर्छ ।

Advertisement

प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते भएका छन् । उनको बायाँ खुट्टामा गोली लागेको छ । प्रहरीले उनका भाइ युसुफ आलमलाई पनि पक्राउ गरेको छ ।

उनीहरुको साथबाट ३२ ग्राम ब्राउन सुगर पनि बरामद भएको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
कोशीमा विकास समस्या समाधान समितिको बैठक, संघसमक्ष मुख्य विषयहरू उठाइने
ग्यास अभाव : तोकिएभन्दा बढी मूल्य तिर्न उपभोक्ता बाध्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.