मोरङमा बिजुलीको पोलमा चढेका व्यक्तिको करेन्ट लागेर मृत्यु

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २३, बुधबार १७:१४

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलस्थित रेल–वे लाइनमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

कटहरी–३ का अन्दाजी ३६ वर्षीय फिरोज मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । बिजुलीको पोलमा चढेका उनी करेन्ट लागेर भुइँमा झरेका थिए । उनी आज (बुधबार) बिहान १० बजेतिर घाइते अवस्थामा फेला परेका थिए ।

करेन्ट लागेर घाइते भएका मियाँलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा दिउँसो २ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

मियाँ बिजुलीको पोलमा किन चढेका थिए भनेर खुल्न बाँकी छ । यद्यपि, काटेर संकलन गरिएको बिजुलीका तारहरु घटनास्थलबाट प्रहरीले फेला पारेको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.