मोरङमा पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु

Share this
812shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २३, बुधबार १८:४१

विराटनगर । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)’ खोप अभियान मोरङमा बुधबार (आज)बाट सुरु भएको छ । 

पहिलो चरणमा आजबाट र दोस्रो चरणमा माघ २७ गतेबाट एचपीभी खोप अभियान लगाइने छ । मोरङको बेलबारी नगरपालिका–५  मा रहेको धनपाल मावि कसेनीका विद्यार्थीहरूलाई खोप लगाएर अभियान सुरुको सुरुवात गरिएको हो । 

मोरङमा ६ देखि कक्षा १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका ६१ हजार १ सय ७ जना किशोरीहरूलाई एचपीभी खोप लगाउने लक्ष्य रहेको छ ।

खोप अधिकृत उत्सव पोखरेलले पहिलो चरणमा माघदेखि २३ गतेदेखि विराटनगर महानगरपालिका, लेटाङ, बेलबारी, सुन्दरहरैँचा, मिक्लाजुङ, बूढीगंगा, ग्रामथान, केराबारीमा खोप लगाउन सुरु गरिएको जानकारी दिए । 

त्यसैगरी, माघ २७ गतेबाट पथरीशनिश्चरे, उर्लाबारी, सुनबर्षी, रंगेली, रतुवामाई, कानेपोखरी, धनपालथान, जहदा र कटहरीमा खोप अभियान सुरु हुने पोखरेलले बताए ।

विद्यालयको खोप केन्द्रहरूबाट ५० हजार ५ सय ९७ जना किशोरीहरूलाई खोप लगाउने लक्ष्य लिइएको छ । 

यस्तै, विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १० हजार ५ सय १० जना किशोरी छन् । उनीहरूलाई समुदायस्तरमा स्थापना गरिएको खोप केन्द्रबाट खोप लगाइने छ । 

मोरङमा ६ सय १३ विद्यालयमा खोप केन्द्र, १ सय ६४ स्वास्थ्य संस्था केन्द्र, ७७ समुदायस्तरमा गरी जम्मा ८ सय ५४ खोप केन्द्रहरूबाट किशोरीहरूलाई खोप दिँदैछ । 

सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन खोप अभियान सञ्चालन गरेको हो । नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रहेको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी दर्ता 
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
वरिष्ठता मिचेर सर्वोच्चमा न्यायाधीश सिफारिस, वरिष्ठतम न्यायाधीशसहित दुई सदस्यको फरक मत
 टोकियोमा लेखक अर्याल सम्मानित
टोकियोमा लेखक अर्याल सम्मानित
चाडपर्वमा सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन
दसैंको टीका कात्तिक ४ गते, बिहान १०ः२६ बजे उत्तम साइत
कांग्रेस सभापतिमा गगनको उम्मेदवारी
नागरिक सुरक्षामा प्रहरी सेवा थप प्रभावकारी बनाउने डीआईजी खनालको प्रतिबद्धता
एमालेमा सार्वजनिक असहमति रोक्ने ओलीको कडा सन्देश, नेतृत्व हस्तान्तरणमा भने ‘हतार नगर्न’ जोड
सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस, बागचन्दको लामो प्रतीक्षाको अन्त्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×