इटहरीमा उपमेयरले लगाएको ताला मेयरले फुटाए

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २३, बुधबार २०:४९

विराटनगर । इटहरी उपमहानगरपालिकामा उपप्रमुखले लगाएको ताला पालिका प्रमुखले फुटाएका छन् । गत माघ ११ गते उपप्रमुख संगीता चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरुले प्रशासन प्रमुख संजिव खड्काको कार्यकक्षमा तालाबन्दी गरेका थिए । १२ दिनपछि पालिका प्रमुख हेमकर्ण पौडेलले ताला फुटाएका हुन् ।

ताला  फुटाएका उनले विज्ञप्ति जारी गर्दै सहमतिमा अघि बढ्नका लागि बोलाइएको छलफल निष्कर्षमा नपुगेपनि सेवाग्राहीले सास्ती भाेग्नु परेका कारण ताला फुटाउनु परेकाे बताए ।

गत माघ ११ गते शुक्रबार वडा कार्यालयको सर्भर डाउन गरिदिएपछि उपमेयरसहित एमालेका वडाध्यक्षहरुसँग प्रशासन शाखा प्रमुख खड्काको भनाभन भएको थियो । भनाभनपछि जनप्रतिनिधिले खड्कालाई बाहिर निकालेर उनको कार्यकक्षमा ताला लगाइदिएका थिए । त्यसको विरोधमा कर्मचारीले आन्दोलन घाेषणा गरेका थिए ।

कर्मचारी र एमालेबाट निर्वाचित जनप्रतिनिधिबीच लफडा हुनुको कारण भने कर्मचारीको सरुवा हो । गत पुस २८ गते मेयर हेमकर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहताले ७७ जना कर्मचारीको सरुवा गरेका थिए ।

कर्मचारीको सरुवाको निर्णयपछि पौडेल उपमेयर संगीताकुमारी चौधरीलाई कार्यवाहक दिएर बिदा बसे । उनी १३ गते आइतबार मात्रै कार्यालयमा हाजिर भए । कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै माघ ३ गते उपमेयर चौधरीको अध्यक्षतामा बसेको बहुमत कार्यपालिका सदस्यको बैठकले सरुवाको निर्णय उल्टाएको थियो ।

कर्मचारी सरुवा गर्दा मेयर पौडेलले छलफल नगरी कांग्रेसले नेतृत्व गरेको वडा नम्बर १, ६ र १३ सहितका वडाबाहेक एमालेले नेतृत्व गरेका वडाका कर्मचारीको सरुवा गरेको एमालेका जनप्रतिनिधिको गुनासो छ ।

उपमेयरले सरुवाको निर्णय उल्टाए पनि प्रशासन प्रमुख खड्काले सरुवा भएको क्षेत्रमा जान भन्दै कर्मचारीलाई दबाब दिएका थिए । कर्मचारीले जान नमानेपछि ११ गते शुक्रबार वडाको ‘सर्भर’ नै डाउन गरिदिएपछि विवाद भएको थियो । त्यसपछि विवाद भएकाे थियाे ।

मेयर पौडेलले ताला फुटाएपछि उपमेयरले लिखित रुपमा माफी माग्नु पर्ने माग गर्दै आन्दोलनमा रहेका कर्मचारीले आन्दोलन फिर्ता गरेका छन् ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.