
काठमाडौं। पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज चितवन जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ ।
बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे अदालतमा उपस्थित गराउने गरी उनलाई न्यायिक हिरासतमा पठाइएको थियो ।
आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुनेछ ।
साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको बुधबारबाट बयान सुरु भएको थियो । मंगलबार उनीहरु विरुद्ध अभियाेग दर्ता भएकाे थियाे । थुनछेक बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना छ ।

























