
काठमाडौं । जिल्ला अदालत चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस सुरु भएको छ ।
चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन आरोपमा बुधबार रवि लामिछानेको बयान लिइएको थियो । बुधबार थुनछेक बहस भएपनि नसकिएका कारण रविलाई प्रहरी हिरासतमा पठाइएको थियो ।
प्रहरीले उपस्थित गराएपछि आज पुनः थुनछेक बहस भएको हो ।
जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा यो मुद्दाको सुनुवाइ भइरहेको छ ।
लामिछानेविरुद्ध मंगलबार मुद्दा दर्ता भएको थियो । बुधबार उनी कार्यालय समयमै जिल्ला अदालत चितवनमा हाजिर भएका थिए ।

























