
काठमाडौं । देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आज (शुक्रबार) बिहान आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही भू–भागहरुमा हुस्सु लागेको छ ।
दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भूट्ठभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनसक्ने महाशाखाले जनाएको छ ।
तराईका केही भू–भागहरुमा लाग्ने हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्नसक्ने अनुमान गरिएको छ ।

























