कोशी प्रदेशमा खेल महोत्सव हुँदै 

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २५, शुक्रबार १८:३५

विराटनगर । विराटनगरमा फागुन दोस्रो हप्तादेखि कोशी प्रदेशस्तरीय ‘कोशी खेल महोत्सव’ हुने भएको छ । 

कोशी प्रदेश खेलकुद विकास बोर्डको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गतेसम्म ‘कोशी प्रदेशस्तरीय खेल महोत्सव’ आयोजना गर्ने निर्णय गरेको बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले जानकारी दिए । 

कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल महोत्सवको आयोजना गर्ने भएको छ । बोर्डका अध्यक्षसमेत रहेका कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले खेल महोत्सवमा बोर्डले वार्षिक रुपमा आयोजना गर्ने विभिन्न प्रदेशस्तरीय खेलकुद प्रतियोगिता गर्ने निर्णय भएको सदस्यसचिव बस्नेतले बताए । 

उनले खेल महोत्सव आयोजना गर्न बोर्ड बैठकले सामाजिक विकास मन्त्री राईको नेतृत्वमा ६१ सदस्यीय मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरेको प्रस्ट्याए । 

खेल महोत्सवमा महिला फुटबल, महिला तथा पुरुष दौड, महिला तथा पुरुष कबड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराते, महिला तथा पुरुष तेक्वान्दो, पुरुष सफटेनिस र डोरीतानलगायतका खेल हुने छन् । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.