आगोले खानेपानी मन्त्रालयको ३ वटा कोठामा क्षति

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २६, शनिबार १२:३०

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी हुँदा ३ वटा कोठामा क्षति पुगेको छ ।

मन्त्रालय भवनको चौथो तलामा आज (शनिबार) बिहान आगलागी भएको हो । आगोले ३ वटा कोठासहित त्यहाँ रहेका भौतिक संरचनामा क्षति पुगेको । कोठाभित्र रहेका सबै कागजात जलेका छन् ।

चौथो तलामा खानेपानी मन्त्रीको कार्यकक्षसमेत थियो । क्षतिको पूर्ण विवरण आइसकेको छैन । प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ । दमकलको सहायतामा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।

उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत छ । आगलागीको कारण खुल्न नसकेको र विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । प्रहरीले क्षतिको विवरण संकलन गर्दै घटनाको अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.