
विराटनगर । विराटनगर–१० स्थित अरनिको स्कुलको ४८ औं खेलकुद प्रतियोगिता शनिबार (आज)सम्पन्न भएको छ ।
स्कुलले खेलकुद प्रतियोगिता सप्ताह रुपमा आयोजना गरेको थियो । खेल सप्ताहमा फुटबल, क्रिकेट, दौड, बास्केटबल, टेबलटेनिसलगायतका खेलमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा ५ सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको स्कुलका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । विभिन्न खेलमा प्रतिस्पर्धा गरेका मध्ये २ सय ५० जनालाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
अरनिको स्कुल पढाइमा मात्रै नभई खेलकुदको क्षेत्रमा पनि अब्बल रहेको सन्देश प्रवाह गर्न सफल भएको प्रिन्सिपल कार्कीले बताए ।
उनले विद्यार्थीहरूलाई पढाइका साथसाथै खेलकुद पनि आवश्यक रहेको र विद्यार्थीहरूमा शारीरिक तन्दुरुस्त राख्ने भएकोले खेलकुद आवश्यक रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर–१० का वडाध्यक्ष अर्जुन गिरी, स्कुलका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, प्रिन्सिपल कार्कीलगायतले पुरस्कार प्रदान गरेका थिए ।



















