
चितवन । चितवनमा आज (आइतबार) बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि पठाइएको छ । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटनामा परेको हो ।
बसमा २८ जना सवार थिए । प्रहरीका अनुसार २३ जना घाइते भएका छन् भने अन्य यात्रु सकुशल छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
टायर पञ्चर हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

























