
विराटनगर । पाँचथरमा आज (सोमबार) बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । याङवरक गाउँपालिका–१ च्याङथापुनजिकै गौंथीली भिरमा मे १ त ६८९४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार तिमतिम्बुदेखि च्याङथापु बजारतर्फ जाँदै गरेको ट्याक्टर आफैं अनियन्त्रित भएर बिहान ४ः३० बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा ट्याक्टर चालक याङवरक–१ टिम्बुरेका २७ वर्षीय दिनेश चौहानको घटनास्थलमै मृत्यु भएको पाँचथर प्रहरी प्रमुख डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको डीएसपी बुढाथोकीले बताए ।

























