सुनसरीमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २९, मंगलबार ०७:४१
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । सुनसरीमा पिकअप गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–१ न्यू इन्टेकमा दुर्घटना भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–०५१ प ४९९५ नम्बरको स्कुटरलाई पूर्वतर्फ नै आउँदै गरेको प्र १–०२–०२ च ५४७९ नम्बरको पिकअपले ठक्कर दिँदा सोमबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक धनकुटाको सहिदभूमि गाउँपालिका–१ का अन्दाजी २७ वर्षीय सुमन राईको मृत्यु भएको हो ।

पिकअपले ठक्कर दिएपछि गम्भीर घाइते भएका राईलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा दिउँसो १ः३५ बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।

पिकअप र चालक उदयपुरको बेलका नगरपालिका–३ का २१ वर्षीय सविन साहलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । पिकअपको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.