जसपाले भूमिबाहेक पाँच अध्यादेश पास गर्न सहयोग गर्ने

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २९, मंगलबार १५:१८

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारले संसदमा दर्ता गरेका ६ मध्ये पाँच वटा अध्यादेश पारित गर्न सहयोग गर्ने निर्णय गरेको छ ।

सरकारले माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश दर्ता गरेको थियो । प्रतिनिधिसभामा सत्तापक्षसँग सहज बहुमत छ । राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल निर्णायक छ ।

राष्ट्रिय सभामा जसपा नेपालका ३ सांसद छन् ।

सरकारले ६ वटै अध्यादेश पास गर्न जसपा नेपालको साथ खोजेको थियो । तर जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य अध्यादेशको पक्षमा उभिने बताएको हो ।

जसपा नेपालको मंगलबार सिंहदरबारमा बसेको संसदीय दल बैठकले पाँच वटा अध्यादेशलाई स्वीकार गर्न सहयोग गर्ने निर्णय गरेको जसपा नेपालका सांसद प्रकाश अधिकारीले जानकारी दिए ।

यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाकाे कार्यसूचीमा समावेश भएपनि अन्तिम समयमा ६ वटै अध्यादेश निर्णायका लागि पेश गर्ने कार्यसूची  अन्तिम समयमा हटेकाे थियाे ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.