
विराटनगर । इलामका धनराज राईकाे हत्या आराेपमा प्रहरी ६ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मृतकका छाेराबुहारी पनि छन् ।
प्रहरीका अनुसार हत्याका लागि छोराबुहारीले मान्छे खटाएको खुलेको छ ।
पक्राउ पर्नेहरूमा सुर्योदय नगरपालिका–११ का २९ वर्षीय मंगेश भनिने एडवर्ड राई, उनकी श्रमिती २६ वर्षीया मालती तामाङ, सुर्योदय–११ कै २४ वर्षीय सुमन भनिने नवीनकुमार राई, सोही ठाउँका २६ वर्षीय निशान राई, २० वर्षीय राजिव राई र २३ वर्षीय दिवस राई छन् ।
पक्राउ परेकामध्ये एडवर्ड र मालती धनराजका आफ्नै छोराबुहारी हुन् ।
उनीहरूकै योजनामा चार जनाले धनराजको हत्या गरेको इलामका डीएसपी मानबहादुर राईले बताए ।

























