
काठमाडौं । युकेमा जारी इन्टरनेसनल मार्सल आट्र्स कोर्पोरेसन (आईएमएसी)ले आयोजना गरेको ‘आईएमएसी’ खुला प्रतियोगितामा नेपालका भूपेन्द्र गुरुङले २ स्वर्ण पदक जितेका छन् ।
प्रतियोगितामा भूपेन्द्रले २ फरक स्पर्धामा स्वर्ण जितेका हुन् । उनले नान् छ्वान र ताइची स्पर्धामा स्वर्ण जिते । नान् छ्वानमा २७.३ तथा ताइचीमा २७ अंक जोडे । दुवै स्पर्धा ३० पूर्णाङ्कको थियो ।
भूपेन्द्रले ३ महिनाको अवधिमा योसहित ८ पदक जितका छन् । यसअघि अमेरिकाको विभिन्न शहरमा भएका ३ प्रतियोगितामा ६ पदक जितेका थिए ।
ब्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा २ स्वर्ण, १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा २ रजत र छैटौँ एनुएल बक्स काउन्टी विन्टर मार्सल आट्र्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत जितेका थिए ।
उनी आईएमएसी खुला प्रतियोगिता खेल्न अमेरिकाबाटै युके पुगे । युकेमै उनले उमा नेपालको चौथो डान पनि प्राप्त गरेका छन् । वल्र्ड युनाइटेड मार्सल आट्र्स (उमा) का अध्यक्ष ग्रान्ड मास्टर रिचर्ड होप्किन्सले भूपेन्द्रलाई प्रमाणपत्र प्रदान गरे ।
नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईलाई पनि नेपालका लागि आईएमएसीको महासचिवको जिम्मेवारी दिइएको छ ।



















