सांकेतिक तस्बिरझापा । जिल्ला कारागार झापामा रहेका एक कैदीबन्दीको मृत्यु भएको छ ।
ठगी मुद्दामा कारागार चलान भएका भद्रपुर नगरपालिका– १ का ४० वर्षीय मदन सिलवालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलवार बिहान ११ बजे कारागारभित्र अचानक लडेर उनी बेहोस भएका थिए । उनलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए । तर, चिकित्सकले उनलाई मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।

























