
काठमाडौं । काठमाडौंको नागढुंगाबाट सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारत महाराष्ट्रका २७ वर्षीय महेश अमृत मानी र २४ वर्षीय राहुल खडु सरकला पक्राउ परेका हुन् । प्र ०१–००२ ख ०५४२ नम्बरको बसमा काठमाडौं जाँदै गरेका उनीहरुको साथबाट ३ सय १८ ग्राम सुन बरमद भएको प्रहरीले जनाएको छ ।

























