टेबलटेनिसको राष्ट्रिय अम्पायरलाई प्रमाणपत्र प्रदान 

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २, शुक्रबार १९:४१

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भएको राष्ट्रिय अम्पायरलाई प्रमाणपत्र प्रदान गरिएको छ । 

राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको २ दिने राष्ट्रिय अम्पायर प्रशिक्षण शुक्रबार सम्पन्न भएको हो । २ दिने राष्ट्रिय अम्पायर प्रशिक्षणमा सहभागीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले प्रमाणपत्र प्रदान गरे ।

प्रशिक्षणमा सहभागी ३३ जनालाई अन्तर्राष्ट्रिय सर्टिफाइड अम्पायर नरेश रावलले सहजीकरण गरेको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जानकारी दिए । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.